सार्क महासचिवको पाँच दिने भुटान भ्रमण : राजासँग शिष्टाचार भेट

२०८१ असार २३ गते १८:२५

काठमाडौं । काठमाडौंमा सचिवालय भएको दक्षिण एसियाली देशहरुको छाता संस्था सार्कका महासचिवको भुटान भ्रमण सकिएको छ ।
जुलाई २ देखि ६ सम्म पाँच दिने भुटान भ्रमणमा पुगेका सार्क महासचिव महोम्मद गोलाम सरवारको भ्रमणमा उनले भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे लगायतका विभिन्न अधिकारीहरुसँग भेट गरेका थिए ।
भेटमा भुटानी प्रधानमन्त्री तोब्गेले क्षेत्रीय सहकार्यमा भुटान प्रतिबद्ध भएको बताएका थिए ।
यस्तैगरी, महासचिव सरवारले भुटानी राजा जिङ्मे केशर नाम्ग्याल वाङ्चुकसँग पनि शिष्टाचार भेट गरेका थिए । महासचिव सरवारले भुटानमा सचिवालय भएको सार्क विकास कोषमा पनि भ्रमण गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर