पाल्पामा खोलाले बगाएर एक महिलाको मृत्यु

२०८१ असार २३ गते १५:५२

रुपन्देही । पाल्पामा बाढीले बगाएर एक वृद्ध महिलाको मृत्यु भएको छ । माथागढी गाउँपालिका–६, गोठादीको माहिलाचौरकी ६८ वर्षीय रीमासरा रानाको रहवासस्थित चिर्तुङखोलाले खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार कामको सिलसिलामा गोठादीको सातपोखरी गएर फर्कने क्रममा रानालाई खोलाले बगाएर बेपत्ता भएको थिइन् ।
खोजतलास गर्ने क्रममा ५ सय मिटर टाढा मृतअवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर