निरन्तर उकालो लागेको नेप्से दोहोरो अंकले वृद्धि, ६ अर्ब बढीको कारोबार – Nepal Press

निरन्तर उकालो लागेको नेप्से दोहोरो अंकले वृद्धि, ६ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो ।

यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमा भने नेगेटिभ सर्किट लागेको छ । त्यस्तै, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् ।

गत साताको दोस्रो कारोबारपछि निरन्तर बढीरहेको नेप्से आज पनि बढेको हो ।

कारोबारका आधारमा २१ करोड ७१ लाख ४८ हजार रुपैयाँको कारोबारसहित एनआरएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर