एकीकृत समाजवादीको महाधिवेशन: माधव नेपालको नायकत्व र केपी ओलीको अत्यास – Nepal Press

एकीकृत समाजवादीको महाधिवेशन: माधव नेपालको नायकत्व र केपी ओलीको अत्यास

नेकपा (एकीकृत समाजवादी) ले आफ्नो १०औं राष्ट्रिय महाधिवेशन (असार १६-२०) भव्यताका साथ सम्पन्न गरेको छ । देश-विदेशबाट सहभागी भएका १ हजार ८५३ प्रतिनिधिका बीचबाट उसले राष्ट्रिय राजनीतिलाई तरंगित गर्ने केही काम महाधिवेशनबाट गरेको छ । महाधिवेशनले सबभन्दा बढी तरंग एमालेमा र त्यसका अध्यक्ष केपी ओलीमा ल्यायो ।

चार महिनाअघि कमरेड केपी ओली आफैं अध्यक्ष माधवकुमार नेपालको घरमै पुगेर, हात जोड्दै बनाएको नयाँ सत्ता समीकरण भत्काएर अर्को समीकरण निर्माण गर्नुपर्नेसम्मको तरंग यसले ल्याएको छ । कसरी भने १६ गते महाधिवेशनको उद्घाटन हुन्छ । त्यहाँ एमाले पृष्ठभूमिका यति धेरै मानिस जम्मा हुन्छन् कि त्यति र ती मानिस आज एमालेमा छैनन् भन्ने कुराले एमालेको च्यासल दरबारमा अत्यासलाग्दो सन्नाटा छाउँछ ।

सहमतीय नेतृत्वका नाममा जनवादी केन्द्रीयता लाद्ने र नेतृत्व निरंकुश हुने अभ्यास विभिन्न कम्युनिष्ट घटकले प्रदर्शन गर्दै आएका छन् । एकीकृत समाजवादीले नेतृत्व चयनका निम्ति निर्वाचनको सम्पूर्ण तयारी गरेर पनि बन्दसत्रले सहमतीय नेतृत्वकै लागि दबाब दिइरह्यो ।

अब ‘वाम प्रगतिशील शक्ति’ का नाममा विद्यमान गठबन्धनलाई मलजल गर्दा अझै आफ्नो विनाश हुने देखेर ओली रातारात आफैंले चार महिनाअघि बनाएको समीकरण तोड्न कांग्रेस सभापति शेरबहादुर देउवाको साथमा पुग्छन् । १७ गते मध्यरात सहमति हुन्छ र १८ गते ‘वाम प्रगतिशील शक्ति’ बीचको सहकार्य तोड्दै ओली अलग्गै आफ्नो भूमिका खोज्न अगाडि बढ्छन् ।

एकीकृत समाजवादीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ल्याएको अभूतपूर्व तरंग यही हो ।

महाधिवेशनको विशेषता

कम्युनिष्ट पार्टीको महाधिवेशनका अलग्गै अभ्यास हुन्छन् । त्यहाँ नीतिमाथि जति पेचिलो बहस हुन्छ, नेतृत्व निर्माणमा पनि उत्तिकै जनवादी अभ्यास चलाइने गरिन्छ । यो त्यही विरासतबाट अगाडि आएको कम्युनिष्ट पार्टी हो, जो हिजो बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको कोकाकोला पिएका कारण कतिपय नेता कारबाहीमा परेका थिए । आज कम्युनिष्ट आन्दोलन ‘कोकाकोला’ युगबाट माथि उठेर एउटा उदारवादी शक्तिका रूपमा राष्ट्रिय राजनीतिमा प्रस्तुत भइरहेको छ ।

कम्युनिष्टहरू उदारवादी हुने सन्दर्भका नेपालमा मूलतः तीन किसिमका अभ्यास चल्तीमा छन् । एउटा हो, उदारवादका नाममा वर्ग समन्वयवादी भूमिकामा पेश हुने र दलाल पूँजीपति वर्गको पक्षपोषण गर्ने । यसको प्रतिनिधित्व नेकपा एमालेले गर्छ । दोस्रो अभ्यास हो, कम्युनिष्ट हुने नाममा परम्परागत ढोंगहरू भिरिरहने, तर व्यवहारतः चरम बुर्जुवाकरणतर्फ उन्मुख हुने । त्यसको प्रतिनिधित्व माओवादीले गर्दै आएको छ ।

र, तेस्रो अभ्यास हो, प्रतिस्पर्धाको राजनीतिसँगै कम्युनिष्ट आन्दोलनका कार्यभारलाई सम्पन्न गर्न नीति, विधि र कानूनी सर्वोच्चताको वकालत गर्दै उदारवादी कार्यशैलीका साथ राष्ट्रिय राजनीतिमा पेश हुने । यसको प्रतिनिधित्व एकीकृत समाजवादीले गर्छ । १०औं राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनमा देखापरेका सबैखाले संकीर्णतालाई अन्त्य गर्दै समृद्ध कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सहमतीय नेतृत्वलाई अनुमोदन गरेको छ । र, उक्त महाधिवेशनको मुख्य विशेषता पनि त्यही हो ।

सहमतीय नेतृत्वका नाममा जनवादी केन्द्रीयता लाद्ने र नेतृत्व निरंकुश हुने अभ्यास विभिन्न कम्युनिष्ट घटकले प्रदर्शन गर्दै आएका छन् । एकीकृत समाजवादीले नेतृत्व चयनका निम्ति निर्वाचनको सम्पूर्ण तयारी गरेर पनि बन्दसत्रले सहमतीय नेतृत्वकै लागि दबाब दिइरह्यो । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालका प्रतिवेदनमाथि छलफल गर्न बनाइएका विभिन्न १२ वटा समूह र ती समूहको छलफलकाे निष्कर्ष प्रस्तुत गर्ने क्रममा प्रत्येक प्रस्तुतकर्ताको एउटै स्वर थियो, सहमतीय नेतृत्व । नेताहरूले महाधिवेशनको हललाई सहमतिका लागि दबाब दिएनन्, बरु निर्वाचनकै तयारी गरे । तर, कार्यकर्ताले निरन्तर खबरदारी गरिरहे, ‘निर्वाचनका नाममा पार्टीभित्र गुट मौलाउने काम गर्न दिँदैनौं ।’

अब ‘वाम प्रगतिशील शक्ति’ का नाममा विद्यमान गठबन्धनलाई मलजल गर्दा अझै आफ्नो विनाश हुने देखेर ओली रातारात आफैंले चार महिनाअघि बनाएको समीकरण तोड्न कांग्रेस सभापति शेरबहादुर देउवाको साथमा पुग्छन् । १७ गते मध्यरात सहमति हुन्छ र १८ गते ‘वाम प्रगतिशील शक्ति’ बीचको सहकार्य तोड्दै ओली अलग्गै आफ्नो भूमिका खोज्न अगाडि बढ्छन् ।

समूह छलफलका निष्कर्ष प्रस्तुतकर्ताको भावनाबमोजिम अध्यक्षमण्डलका अध्यक्षको हैसियतले झलनाथ खनालले बन्दसत्रसँग सहमतीय नेतृत्व निर्माणका निम्ति निर्देशन माग गर्नुभयो । हलले अत्यन्तै उत्साहका साथ त्यस्तो अनुमति वा निर्देशन नेतृत्वलाई दियो । अर्थात्, नेतृत्वले न्याय दिन्छ भन्ने विश्वास बोकेर १ हजार ८५३ प्रतिनिधि महाधिवेशनमा आएका थिए । र, प्रतिस्पर्धाबाट हैन, सहमतिबाट पार्टी चलाउने अभ्यास १०औं महाधिवेशनको मुख्य विशेषता हो ।

निश्चित घटना र सन्दर्भमा विद्रोहबाट निर्माण भएको राजनीतिक दल हुनुका नाताले एकीकृत समाजवादी विभिन्नखाले चुनौतीको घेराबन्दीमा छ । राष्ट्रिय राजनीतिका विभिन्न खेलाडीबाट यसमाथि गरिने प्रहारलाई सामना गर्नुपरेको छ । भूराजनीतिक जटिलता र विश्व साम्राज्यवादी तत्वबाट भइरहेका प्रहारलाई सामना गर्दै अगाडि बढ्नु परेको छ । घरेलु मित्र र शत्रु किटान गर्ने कुरामा पाइला-पाइला फुकेर चल्नुपर्ने स्थिति छ ।

मूलतः एमालेबाट विद्रोह गरेका कारण एमालेले पार्टीभित्र फैलाउन चाहेका विभिन्न किसिमका दुर्गन्धबाट यसलाई जोगाउनुपर्ने चुनौती छ । त्यसैले उपरोक्त चुनौतीलाई सामना गर्ने नेतृत्वको निर्माण प्रतिस्पर्धाबाट हैन, सहमतिबाट गरौं भन्ने प्रतिनिधिहरूको एक मतका साथ महाधिवेशन सम्पन्न भयो । कम्युनिष्ट पार्टीका महाधिवेशनमा यति सौहार्दपूर्ण, सुझबुझपूर्ण र परिपक्व घटना विरलै देख्न पाइन्छ, एकीकृत समाजवादीमा त्यो देखियो ।

पार्टी निर्माणकालमै छ । यसका कुनै पनि संरचना बनिबनाउ नभएर बनिरहेको अवस्थामा छन् । यस्तो स्थितिमा ‘प्रतिस्पर्धाबाट श्रेष्ठता’ हासिल हुने स्थिति हुँदैन । अर्को सन्दर्भ र कालखण्ड आउँछ, जहाँ प्रतिस्पर्धाविना श्रेष्ठता हासिल नहुन सक्छ, त्यसका निम्ति तयार भएर अहिलेको निर्माणाधीन कम्युनिष्ट आन्दोलनको नयाँ प्रवाहलाई सहमतिका साथ अगाडि बढाउनु यसको विशेषता हो ।

एमालेको धङधङी

हिजोको एमाले बनाउने दस्ताकै नाम हो, एकीकृत समाजवादी । एमालेभन्दा पनि पहिल्यै विभिन्न साना घटकका कम्युनिष्ट समूहबीच एकतामार्फत माले बनाउने र २०४६ को परिवर्तनपछि एमाले बनाउँदै लामो समय खुला राजनीतिक अभ्यासको नेतृत्व गर्ने नेता र त्यस प्रक्रियामा सहभागी कार्यकर्ताहरूकै पार्टी हो, एकीकृत समाजवादी । ओढारबाट निस्किएको मान्छेको शरीरमा निश्चित समयसम्म माटो नै गन्हाउँछ, पोखरीबाट तैरिएको मानिसमा पानी र त्यसको लेदो नै गन्ध आउँछ । अर्थात्, हिजोका एमालेहरूकै एउटा दस्ता भएको नाताले एकीकृत समाजवादीका नेता र कार्यकर्तामा आजसम्म यदाकदा एमालेकै गन्ध आइरहनु अस्वाभाविक होइन । एमालेको गन्धबाट पखालिन, सङ्लिन वा सुगन्धित हुन बाँकी नै छ । त्यसैले १०औं महाधिवेशनमा आएका कतिपय नेता र कार्यकर्ताले घरीघरी ‘आज म एमाले होइन’ भन्ने कुरा बिर्सिन खोजेको देखिन्थ्यो ।

पत्रकार ध्रुव लम्साल भन्ने गर्थे, ‘केपी ओली पूरै सुध्रिएछन् भने पनि उनी माधव नेपाल र झलनाथ खनाल जस्ता हुनै सक्दैनन् । माधव र झलनाथहरू बिग्रिनुको पराकाष्टै भएछन् भने पनि केपी जत्तिको बदमास हुन सक्दैनन् ।’

एकीकृत समाजवादीमा एमालेको हावा अलिअलि चलिरहेको थियो । कार्यकर्ता यसलाई एमाले बनाउन हैन, एकीकृत समाजवादीकै रूपमा अगाडि बढाउन चाहन्थे । यसका निम्ति मुख्यतः माधवकुमार नेपाल सचेत र गम्भीर हुनुहुन्थ्यो । माधवको सचेतता र गाम्भीर्यतालाई झलनाथ, घनश्यामले उत्तिकै सचेत र गम्भीर भएर साथ दिँदा कार्यकर्ताको भावना र चाहनाबमोजिम महाधिवेशन सम्पन्न भयो ।

मूलतः एकीकृत समाजवादी पत्रकार लम्सालको उक्त निष्कर्ष जस्तै पार्टी हो । तर, यहाँभित्र पनि एमाले प्रवृत्तिको डरलाग्दो घेराबन्दी छ । तिनीहरूलाई ‘घुसपैठिया’ नै त भन्नु हुँदैन । तर, हिजो जे-जे कारणले एमाले उसको मौलिकताबाट स्खलित हुने ठाउँमा पुग्यो, उपरोक्त प्रवृत्ति यस महाधिवेशनको दौरानमा यदाकदा भित्रिन खोजिरहेको थियो । त्यसलाई गुटबन्दी भनिन्छ । पार्टी निर्माण भएकै भोलिपल्टैदेखि केही नेता गुट बनाउन तम्सिए । गुटका नाममा कार्यकर्तालाई उचाल्ने र पछार्ने श्रृंखला शुरूदेखि नै चलिरहे । पार्टी र जनसंगठनभित्र गुट नहुँदा पनि त्यसको निर्माणका अभ्यास चलिरहे । र, महाधिवेशनमा पुग्दा गुटहरूलाई संस्थागत गर्ने तहसम्मका गतिविधि भित्रभित्र भइरहेका थिए ।

यी सूचनाबाट सचेत भएपछि मूलतः अध्यक्ष माधवकुमार नेपालको पहलकदमीमा नेतृत्व तहमा सहमतीय अभ्यास शुरू भयो । फलतः सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका शीर्ष नेतामा विसंगत प्रवृत्तिविरुद्ध सुझबुझयुक्त सहमति सम्भव भयो । नत्र कोही माधव-झलनाथ भिडाएर, कोही झलनाथ-घनश्यम भिडाएर त कोही माधव-घनश्याम भिडाएर आ-आफ्ना लाभ-हानिको हिसाब गर्न थालिसकेका थिए । तर, मुस्ताङबाट आएका २१ वर्षीय कान्छा प्रतिनिधि आदित्य रसाइलीदेखि झापाबाट आएका ८० वर्ष हाराहारीका ज्येष्ठ कम्युनिष्ट वेदनिधि निरालासम्मको एउटै खबरदारी थियो, ‘तिमीहरूलाई एमाले बन्ने र बनाउने छुट छैन ।’

यो पंक्तिको सार हो, एकीकृत समाजवादीमा एमालेको हावा अलिअलि चलिरहेको थियो । कार्यकर्ता यसलाई एमाले बनाउन हैन, एकीकृत समाजवादीकै रूपमा अगाडि बढाउन चाहन्थे । यसका निम्ति मुख्यतः माधवकुमार नेपाल सचेत र गम्भीर हुनुहुन्थ्यो । माधवको सचेतता र गाम्भीर्यतालाई झलनाथ, घनश्यामले उत्तिकै सचेत र गम्भीर भएर साथ दिँदा कार्यकर्ताको भावना र चाहनाबमोजिम महाधिवेशन सम्पन्न भयो ।

माधव नेपालको नायकत्व

१०औं महाधिवेशनले अध्यक्ष माधवकुमार नेपालको नायकत्वलाई स्थापित, अनुमोदन वा प्रमाणित गरिदिएको छ । उहाँले अवलम्बन गर्नुभएको विद्रोहको नीति र उहाँले नै नेतृत्व गर्नुभएको उक्त अभियानलाई महाधिवेशनले एकमतका साथ अनुमोदन गरेको हो ।

यदि माधव नेपालमा विद्रोहको हिम्मत हुँदैन थियो भने आजको एमालेभित्र मालिक र दास गरी दुई वर्गबीच ठूलो संघर्ष चलिरहेको हुने थियो । त्यसले न एमाले एमाले रहन्थ्यो न त त्यहाँबाट अपहेलित वर्गले आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउन सक्थे । अर्थात्, एमालेभित्र एउटा वर्ग पूरै कत्लेआम पारिने थियो । तर, कत्लेआम पारिन लागेका जुझारु नेता र कार्यकर्ताको नेतृत्व गर्दै एमालेबाट विद्रोह गर्ने माधवकुमार नेपालको नेतृत्व महान छ ।

फलतः एमालेभित्र विघटित विधि, पद्धति र कम्युनिष्ट आन्दोलनका कार्यभारहरूको एकीकृत समाजवादीका नाममा रूपान्तरण भएको छ । त्यसैले यो आन्दोलनको निर्माण गर्ने, यसलाई संस्थागत गर्दै अगाडि लैजाने सन्दर्भलाई स्मरण गर्ने हो भने फेरि पनि माधवकुमार नेपालको नेतृत्व अपरिहार्य देखिन्छ । यसको प्रभावकारिताका निम्ति झलनाथ खनालका समाजवादी कार्यदिशा, घनश्याम भुसालका सांगठनिक तथा राजनीतिक व्यवस्थापन उक्त नेतृत्वलाई सफल बनाउने अभिन्न अंग हुन् ।


प्रतिक्रिया

13 thoughts on “एकीकृत समाजवादीको महाधिवेशन: माधव नेपालको नायकत्व र केपी ओलीको अत्यास

  1. यी साथीले नि हसाउन थालेछन् ! पद बिना रहन नसक्ने माधव र घनश्यामबाट नैतिकताको पाठ ??? ए साच्चै माधव र झलनाथको जग्गा कान्ड त उठेन नि महाअधिवेशनमा ??

  2. यो लेखक गाँजाको सुरमा दिन र रात पनि खुट्ट्याउन नसक्ने धङधङीमा पुगेछ । लौ न कसैले यसको नशा उतारिदेओस् बेलैमा ।

  3. प्रेम आलेले पार्टी छोडे । मेन्दीय कमिटी पूरा भएकै छैन ।किसानले पनि छोडदैछन् । पदाधिकारी टुङ्ग्याउँदासम्म कतिले छोडने हुन् । दुईचार जना मन्त्रीमा पठाएर र नियुक्ती दिलाएर कमिशन खान पनि अब बन्द हुने भो । जनताले लात हानेक‍ो पार्टी अब जनताले नै निमिट्यान्न पार्दैछन् । जनताले सिध्यााने भए भनेर ओलिलाई फगतमा गाली गर्दो रहेछ यो । माधवले दाना पानी दिएका भएर यत्रो गुणगाण गाएक‍ हो ? नत्र माधव र समाजवादीजस्ता गद्दारहरूको अब भविष्य छैन ।

    1. यो हदको चाकरी गर्ने खालको लेख त नछापे पनि हुनि हो नेपाल प्रेसले। एस भन्नेको दुकान नो भैसक्यो त्यै पनि गुण गान चल्दैछ।पत्रुकारले भन्दा पब्लिक ले धेरै कुरा बुझ्छन ओ हनुमान जि ! हामिले पत्याइदिने पर्ने हगि ?

  4. कमरेड पुष्पलाल, कमरेड तुलसीलाल, कमरेड नेत्रलाल जस्ताको जीवन कथा सम्झेर ल्याउदा अहिले पिडा हुन्छ । आजको हाम्रो जीवन शैली हेर्दा उदेक लागेर आऊछ । सानो पद र तुच्छ स्वार्थको लागी मरिहत्ते गरेको देख्दा आश्चार्य पनि लाग्छ ।

  5. भदौमा आँखा फुटेको गोरुले सधै हृरियो देख्छ भन्थे हो रहेछ।सिद्दिने हेलाको बत्ती धिप धिप हुन्छ।लेख पमि त्यस्तै रहेछ।

  6. विश्वमणि सर , अरु पार्टीकाे यस्ताे भएकाे भए के भन्नुहुन्थ्याे ? छातिमा हात राखेर सम्झिनु ।

  7. अब के भन्ने ? कति स्तुतिगान होला ? जनताले तिरस्कार गरेको पार्टी र नेतालाई राजनेता बनाई दिने !

  8. मन को लडडु घिउ शीत खाइसियोस लेखक महोदय
    गद्दार माधब नेपाल कहिल्यै नायक हुन सक्दैनन्
    र चुच्चे नक्सा प्रकाशित गर्ने केपि ओलि लाई तिमीहरु को हत्केला ले छेक्न खोजेर छेकिदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *