रुसमा २४ घण्टामा ४९ जनाको डुबेर मृत्यु – Nepal Press

रुसमा २४ घण्टामा ४९ जनाको डुबेर मृत्यु

काठमाडौं । चियो मौसम भएको मुलुक रुसमा अत्यधिक गर्मी हुँदा गर्मी छल्ने क्रममा डुबेर ४९ जनाको मुत्यु भएको छ ।

गर्मी छल्न चिसिने क्रममा यस्तो मृत्यु भएको हो । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार ४९ मृतकहरूमा ७ जना बालबालिकाहरू छन् ।

डुबाइनका घटनाहरू भने २४ घण्टामा ६५ भएको बताइएको छ । रुसमा तापक्रम ३५ डिग्रीसम्म पुगेको छ ।

रुसी राजधानी मस्कोमा १०७ वर्षयताकै सबैभन्दा धेरै तापक्रम भएको डिडब्लूले उल्लेख गरेको छ ।

रुसको भोल्गा, आइबा आदि नदीहरुमा यस्ता घटना घटेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर