सदनमा प्रतिपक्षी बेन्चमा बस्यो एमाले

२०८१ असार २३ गते १३:४०

काठमाडौं । नेकपा एमाले आज प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी बेन्चमा बसेको छ । कांग्रेससँग नयाँ सत्ता समीकरणका लागि सहमति गरेसँगै कांग्रेस प्रतिपक्षी बनेको हो ।
एमालेले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिएर मन्त्रीहरूको राजीनामा गराइसकेको छ । कांग्रेस र एमाले दुवैले प्रधानमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् ।
तर, प्रचण्डले भने सदनबाटै फेस गर्ने भन्दै यही २८ गते शुक्रबार विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर