महेश बर्तौलाको टिप्पणी- अब माधव नेपालहरूको दोकान बन्द भयो (भिडिओ)


काठमाडौं । नेकपा एमालेले अब माधव नेपालको बार्गेनिङ पावर समाप्त भएर गएको जिकिर गरेको छ । संसदीय दलको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले र कांग्रेस मिलेपछि नेपालको दोकान बन्द भएको टिप्पणी गरे ।
कांग्रेस-एमालेको सत्ता सहकार्य समझदारीलाई लिएर माधव नेपालले शंकास्पद भन्नुभएको छ नि भन्ने पत्रकारको जिज्ञासामा बर्तौलाले भने, ‘उहाँलाई हामीले जोडबल गरेनौं । माधव नेपालहरुको संसदको गणित देखाएर आजै ढाल्दिन्छौं, भरे ढाल्दिन्छौं भनेर जुन बार्गेनिङ गर्दै हुनुन्थ्यो । उहाँहरूको दोकान समाप्त भयो । व्यवसाय बन्द भयो । प्रतिशोधपूर्ण अभिव्यक्ति हो उहाँको ।’
आजको बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकारको बाटो खोलिदिन पुन: आग्रह गरिएको उनले बताए ।