सुनको मूल्य तोलामा एक हजारले बढ्याे

२०८१ असार २३ गते १२:०९

फाइल तस्विर
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला १ लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ४५ हजार चार सय निर्धारण भएको छ ।
शुक्रबार प्रतितोला १लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने १ लाख ४४ हजार सात सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ
प्रतिक्रिया
सम्बन्धित खवर