बाढीपहिरोले गण्डकी प्रदेशका ६ सडक अवरुद्ध – Nepal Press

बाढीपहिरोले गण्डकी प्रदेशका ६ सडक अवरुद्ध

पोखरा । अविरल वर्षासँगै आएको बाढी पहिरोले गण्डकी प्रदेशमा ६ वटा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकाअनुसार तनहुँ, स्याङ्जा, मनाङ, म्याग्दी र बागलुङका सडक अवरुद्ध भएको हो ।

लमजुङको बेँसीशहर-मनाङ सडक खण्डको चामे गाउँपालिका-१ मा अवरुद्ध भएको छ । बेनी-जोमसोम सडकको ग्याग्दी रघुगंगा गाउँपालिका-२, स्याङ्जाको सुम्रेखोला-भिरकोट सडक, पोखरा-मुग्लिङको तनहुँ शुक्लागण्डकी-७, मध्यपहाडी लोकमार्गको बागलुङको गलकोट-११ र पोखरा-मुग्लिन सडकको तनहुँ म्याग्दे गाउँपालिका-५ मा पनि सवारी आगावमन प्रभावित भएको छ ।

स्याङ्जा सुम्रेखोला-भिरकोट सडक एकतर्फि सञ्चालनमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर