राप्ती नदीमा बाढीले बगाएर बेपत्ता दुई जनाको शव भेटियो


रूपन्देही । दाङमा राप्ती नदीको बाढीले बगाएर दुई जना किसानको मृत्यु भएको छ । शनिबार बाढीले बगाएर वेपत्ता भएका दुई किसानको शव आइतबार फेला परेको हो ।
लमही नगरपालिका–८ निवासी ५५ वर्षीय मनिराम चौधरीको शव पाँच समय मिटर पश्चिम मकै बारीको छेउमा फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
शनिबार दिउँसो चौधरी बग्रपुरबाट राप्ती नदीको बाढीमा उनी बेपत्ता भएका थिए । आइतबार विहान शव फेला परेको र पोस्टमार्टमको लागि लमही अस्पतालमा राखिएको प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि राजपुर गाउँपालिका– २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए ।
दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट उनी बगेर बेपत्ता भएका थिए । केसीका अनुसार बेपत्ता यादवको शव आइतबार बिहान फेला परेको हो ।
उनका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको हो ।