बाढीपहिरोमा परेकाको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन – Nepal Press

बाढीपहिरोमा परेकाको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरो पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन राज्यका सबै निकायलाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन पनि सबै नागरिकमा अपिल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ट्विट गर्दै लेखेका छन्, अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु । प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन राज्यका सबै अंगलाई निर्देशन गरिएको छ । साथै आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर