बाढीपहिरो तथा डुबानमा परेकाको उद्धार र राहतमा खटिन मातहतका कमिटीलाई तरूण अध्यक्षकाे निर्देशन – Nepal Press

बाढीपहिरो तथा डुबानमा परेकाको उद्धार र राहतमा खटिन मातहतका कमिटीलाई तरूण अध्यक्षकाे निर्देशन

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बाढीपहिरो तथा डुबानमा परेकाको उद्धार र राहतमा खटिन मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।

बाढी पहिरो र डुवानको कारण भएको जनधनको क्षति भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले उद्धार र राहतमा खटिन मातहतका कमिटीलाई निर्देशन दिएका हुन् ।

प्राकृतिक विपत्तीबाट थप जनधनको क्षति हुनबाट जोगिन र जोगाउन सतर्कता अपनाउन अध्यक्ष गुरुङले आग्रह गरेका छन् ।

एक विज्ञप्ती जारी गर्दै अध्यक्ष गुरुङले प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको स्थानीय निकाय र प्रहरी प्रशासनसँग समन्वय गरी नागरिकको उद्धार र सुरक्षित व्यवस्थापनमा खटिन क्रियाशिल भएर लाग्न दलको केन्द्रीय सदस्यहरु,जिल्ला कार्यसमिती र मातहतको समितिमा रहने तरुणहरुलाई अपिल गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर