नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरीको गोताखोरले गर्‍याे सकुशल उद्धार – Nepal Press

नारायणी नदीमा फसेका २ जनाको सशस्त्र प्रहरीको गोताखोरले गर्‍याे सकुशल उद्धार

काठमाडौं । नारायणी नदीको भंगालोमा फसेका दुई जनालाई सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ ।

शनिबार राति पूर्वी नवलपरासी, गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालोमा माछा मार्ने क्रममा फसेका २ जनालाई करिब ५ घन्टाको प्रयासपछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्धार गरेको हो ।

माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बाँकी २ जनाको सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले शनिबार राति सवा १० बजे सकुशल उद्धार गरेकासशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे जानकारी पाए पश्चात् सशस्त्र प्रहरी बल नेपाल नं। ३१ गुल्म पुर्बी नवलपरासीबाट १५ जनाको टोली खटाइएकोमा उद्धार हुन नसकेपछि कुरिनटारबाट गोताखोर पठाइएको थियो ।

उद्धार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० वषीय ओम बहादुर गुरुङ र ४२ वर्षीय खुम बहादुर गुरुङ रहेका छन् । बाढीमा फसेका ३५ वर्षीय रमेश बोट भने आफैं पौडिएर निस्किएका थिए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर