राप्ती नदीको बाढीमा बेपत्ता दूध बेचेर फर्केका युवक मृत भेटिए – Nepal Press

राप्ती नदीको बाढीमा बेपत्ता दूध बेचेर फर्केका युवक मृत भेटिए

रूपन्देही । शनिबार राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका दाङको राजपुरका १७ वर्षीय युवक मृतअवस्थामा फेला परेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने क्रममा बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट बाढीमा बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले बेपत्ता यादवको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जानकारी दिएका छन् ।

उनका अनुसार यादवको शव हस्नापुर घाटदेखि करिब एक सय ५० मिटर पश्चिमतर्फ बगरमा फेला परेको हो । दाङमा शनिबार बाढीले धेरै डुबानमा पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *