डोटीमा बेपत्ता महिलाको शव फेला


डोटी। डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरीकी एक वेपत्ताको शव फेला परेको छ।
शनिवार बिहान करीव ११ बजेतिर घरबाट घाँस काट्न निस्केकी अन्दाजी ४८ वर्षीया चन्द्रा बिष्ट हराएकी थिइन् ।
बिहानै निस्केकी चन्द्रा साँझ ७ बजेसम्म पनि घर नआएपछि आफन्तहरुले खोजी गर्न सुरु गरेका थिए । कहीँकतै भेटाउन नसकेपछि राती ९ बजे प्रहरीलाइ खवर गरिएको चन्द्राका नातेदार समेत रहेका एमाले नेता नारद मलासीले जानकारी दिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चन्द्राको खोजी गरिरहेको थियो ।
प्रहरी र स्थानीयबासीहरूको टोलीले खोज्दै जाँदा घरबाट करीव आधा घण्टाको दुरीमा रहेको जंगलमा उनको शव घोप्टो परेको अवस्थामा भेटिएको उनका आफन्त हिक्मतवहादुर बिष्टले जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।