कोपा अमेरिका: ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा – Nepal Press

कोपा अमेरिका: ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

काठमाडौं । पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ ।

आइतवार विहान भएको क्वाटरफाइनल खेलमा निर्धारित समयमा भएको खेल बराबरीमा टुङ्गिएपछी भएको पेनाल्टी सुट आउटमा उरुगेवले जित हासिल गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको ७४ औं मिनेटमा उरुग्वेका स्टार खेलाडी नुनेजले रातोकार्ड खाएर बाहिरिएपनि ब्राजिलले त्यसको फाइदा उठाउन नसक्दा पेनाल्टी सुटआउटमा ४-२ को हार बेहोर्नु परेको हो ।

जितससँगै कोपा अमेरिका-२०२४ सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडा तथा उरुग्वेले कोलम्बियाको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *