स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा


काठमाडौं। युरो कप २०२४ को सेमिफाइनल समिकरण पुरा भएको छ। शनिबार राती भएका दुई खेलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्स विजयी भएपछि अन्तिम चारको समिकरण पुरा भएको हो।
फाइनल प्रवेशका लागि इङ्ल्यान्डले नेदरल्यान्ड्स तथा फ्रान्सले स्पेनको सामना गर्ने छ। क्वाटरफाइनलमा इङ्ल्यान्डले स्वीट्जरल्यान्डलाई टाइब्रेकरमा ५-४ ले हरायो। स्वीस टोलीको पहिलो प्रहार असफल भएको थियो।
तर इङ्ल्यान्डका सबै ५ जना खेलाडीले गोल गरे। निर्धारित तथा अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो। स्वीस टोलीका ब्रील एम्बोलोले ७५ औँ मिनेटमा गोल गरेका थिए। बुकायो साकाले ८० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।