युरो कप: टर्कीविरुद्ध नेदरल्याण्ड्सको पुनरागमन जित – Nepal Press

युरो कप: टर्कीविरुद्ध नेदरल्याण्ड्सको पुनरागमन जित

काठमाडौं । टर्की विरुद्ध जित निकाल्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको बर्लिनमा भएको क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २(१ को जित दर्ता गरेको हो ।

टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । अकायदिनले गोल गर्दै खेलमा टर्कीलाई १-० कोअग्रता दिलाएका थिए ।
पहिलो हाफको अग्रता टर्किले दोश्रो हाफमा जोगाउन सकेन ।

खेलको ७०औं मिनेटमा डछ टोलिको लागि स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए । ७६औं मिनेटमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सको अग्रता २-१ मा पुग्यो र उक्त गोल जितको लागि पर्याप्त बन्यो । ।

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *