ओलीप्रति बालेनको छुद्र टिप्पणी: काठमाडौंको खोला छेउमा २ हजार बसेका छन्, गिरिबन्धुमा लगेर १५ हजारलाई व्यवस्थापन गरौं – Nepal Press

ओलीप्रति बालेनको छुद्र टिप्पणी: काठमाडौंको खोला छेउमा २ हजार बसेका छन्, गिरिबन्धुमा लगेर १५ हजारलाई व्यवस्थापन गरौं

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै काठमाडाैंमा खोला बस्तीमा नपसेको बस्ती खोलामा बसेका बताउँदै यसरी खोला छेकेर बसेका १५ हजारलाई गिरीबन्धुमा व्यवस्थापन गर्न सकिने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले बर्षाका कारण काठमाडौँमा खोला छेउमा बसेका दुई हजार परिवार प्रभावित भएको भन्दै गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुनसक्ने भन्दै व्यङ्य गरेका छन् ।

‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुनसक्छ’ उनले लेखेका छन् ।

बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाएको भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

बालेनले यसअघि पनि ओलीबारे यस्तै छुद्र टिप्पणी गरेका थिए ।


प्रतिक्रिया

8 thoughts on “ओलीप्रति बालेनको छुद्र टिप्पणी: काठमाडौंको खोला छेउमा २ हजार बसेका छन्, गिरिबन्धुमा लगेर १५ हजारलाई व्यवस्थापन गरौं

    1. छुद्र हैन सहि हो । ओलीका चम्चेलाई छुद्र लागेको मात्र हो ।

      1. क्षु्द्र चम्चेले बालेनको यथार्थ टिप्पणीलाई क्षुद्र देखेछ ।

  1. किन छुद्र ? गिरि बन्धुमा १५००० सेटल गर्ने सामथ्य छ भनेको हो । २००० बसेका छन १५००० लाइ सेटल गर भनेको होइन । २००० सेटल गरेनी डाटा देखाएर खाने १५००० बढिकै हो क्यारे ।

  2. यो छुद्र टिप्पणी कुनै हालतमा होइन , पत्रकार महोदय ! राजधानी लगायत मुख्य स्थानमा सुकुम्बासी भर्ने काम हाम्रा ठुला भनाउँदा दलले नै गरेका हुन् ।यसमा एमाले अग्रपंक्तिमा पर्छ , महानगरले सुकुम्बासी हटाउन खोज्दा तिनको संरक्षण गर्न ओलि नै अग्रसर भएका कारण अहिले बालेन जीको यस्तो प्रतिक्रिया आउनु स्वभाबिक हो ! समस्या समाधान गर्ने हो भने वास्तविक
    सुकुम्बासी पहिचान गरि सरकारले व्यवस्थापन गरेको आवास गृह लगायतका स्थानमा स्थानान्तरण गर्न सबै पक्ष लाग्नुपर्छ ।

  3. बालेन साह अत्यधिकरूप एमाले र उसको नेतृत्वलाई गाली गर्दै के खाएर हो लेख्दैछन उसलाई यो मुलुकमा लोकतन्त्र ल्याउन नेकपा माले हुँदै एमालेको भुमिका थाहा छैन जस्तो छ उनी नेकपा एमालेको विरोधमा वा बीस वमन गर्न कहिकतैबाट परिचालित हुन देशीविदेशी को अदृश्य शक्ति पनि हुनसक्छन् ।

  4. एकदम सही टिप्पणी हों ओलिका चमचा पत्रुकार लाई मात्र छुद्र लागेको हों ।

  5. बालेन गाजाको तालमा मात्र कलम चलाउछ ।राती राती नसाको तालमा केपि ओलिको बिरोध गर्छ गजादी । ओलिको अगाडी उभिएर बिरोध गर्न सक्न पर्यो नि गजादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर