दाङमा बाढीले ट्याक्टर बगाउँदा एक जनाको मृत्यु, दुई घाइते

२०८१ असार २२ गते १५:०८

रुपन्देही । दाङमा गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एक जनाको मृत्यु भएको छ । रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेपछि राजपुर गाउँपालिका- ५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो ।
ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई उद्धार गरिएको छ । वडाध्यक्ष टंकबहादुर विष्टका अनुसार ट्याक्टरमा चालकसहित तीन जना सवार थिए । खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फसेपछि छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई जनाको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर