एमालेले बोलायो संसदीय दलको बैठक

२०८१ असार २२ गते ७:४१

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बाेलाएकाे छ ।
बैठक भाेलि बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल गरिने एमालले जनाएको छ ।
नेकपा एमालले माओवादीसँग गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् ।
प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर