वीरगञ्जमा सिद्धार्थ बैंककाे भवनमा भीषण आगलागी

२०८१ असार १७ गते १७:१९

जनकपुरधाम । पर्साको वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा भीषण आगो लागेको छ । भवनबाट धूवाँको मुस्लो निस्किरहेको छ ।
आगो लागेपछि बैंक र भवनमा रहेका मानिसहरुको भागाभाग मच्चिएको छ । अहिले आगलागी नियन्त्रणको प्रयासमा स्थानीय र सुरक्षाकर्मी लागेका छन् ।
आगो कसरी लागेको खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर