लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ

२०८१ असार १५ गते ११:१०

काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।
उनलाई उपत्यका अपराध महाशाखाकाे टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।
लालिगुराँस सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ ।
उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताकाे ६ अर्बभन्दा बढी रूपैयाँ अपचलन गरेकाे थियाे ।
प्रतिक्रिया
सम्बन्धित खवर