दूध किसानले भिख मागेका होइनन्, सरकारको जवाफदेहितामा प्रश्न उठिसक्यो : एमाले (भिडिओ) – Nepal Press

दूध किसानले भिख मागेका होइनन्, सरकारको जवाफदेहितामा प्रश्न उठिसक्यो : एमाले (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दूध किसानको रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकार र मन्त्री फेरिएपनि दूध किसानको समस्या समाधान नभएकोप्रति आपत्ति जनाए ।

किसानहरूले दूध बेचको ५ अर्बभन्दा बढी रकम भुक्तानी नदिएर रुवाइरहेको उनको भनाइ छ ।

उनले भने, ‘दूध किसानले न्याय पाउन सकेका छैनन् । के फ्रान्समा जस्तो किसानले ट्याक्टरहरू सडकमा लगेर राख्नुपर्ने हो कि ? गाईवस्तु ल्याएर सडकमा छाड्नुपर्ने हो कि ? के गर्‍यो भने उहाँहरूले न्याय पाउँछन् ? उनीहरुले भीख मागेका होइनन् । किसानले परेसानको मूल्य मागेको हो । यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियतामात्रै होइन सरकारको क्षमता र जवाफदेहितामा प्रश्न उठिरहेको छ । एकजनाको कुरा होइन । देशैभरीका किसानको कुरा हो । निजी क्षेत्रले पनि तिर्न बाँकी छ । ऊसित पनि संवाद गर्नुपर्‍यो ।’

उनले किसानलाई रुवाएर सरकार हाँसेर बसेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर