एसईई नतिजा अपलोडमा ढिलाइ, अझै एक घन्टा लाग्ने


काठमाडौं । आज बिहीबार बिहान सार्वजनिक गरिएको एसईईको नतिजा विद्यार्थीहरूले कुनै पनि माध्यमबाट हेर्न पाएका छैनन् ।
राष्ट्रिय परीक्षा बोर्डले करिब २ घण्टा अघि नै प्रकाशन गरिसकेको एसईईको नतिजा अहिलेसम्म विद्यार्थीहरूले हेर्न नपाएपछि गुनासो गरिरहेका छन् । भने, कतिपयले आक्रोश पनि सामाजिक सञ्जालहरूमा पोखिरहेका छन् ।
बोर्डले एसईईको नतिजा अपलोड गरिसकेको र एक घण्टाभित्रै सबैले हेर्न पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले बताए । अर्यालले भने, ‘हामीले भरखरै नतिजा अपलोड गरिसकेका छौँ र अबको एक घण्टाभित्रै सबैले नतिजा हेर्न सक्नेछन् । ११ वाट माध्यमहरूबाट विद्यार्थीहरूले नतिजा हेर्न सक्नेछन् ।’