क्रोएसियालाई रोक्दै इटाली अन्तिम १६ मा – Nepal Press

क्रोएसियालाई रोक्दै इटाली अन्तिम १६ मा

काठमाडौं । डिफेन्डिङ च्यम्पियन इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । क्रोएसियासँग खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल बरबरी बनाउन सफल भएपछि इटाली अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको ५५ औं मिनेटमा क्रोएसियाका लुका मेड्रीकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाउन सफल भएका थिए । तर खेलको इन्ज्युरी समयको ८ औं मिनेटमा इटालीले नाटकिय पुनारागमन गर्दै खेलमा बराबरी गोल गर्न सफल बन्यो ।

उसको लागि जाकाग्नीले गोल गर्दै टिमलाई अन्तिम १६ मा पुर्याए । कालाफिओरीको पासमा बक्सको छेउबाट माटिया जाकाग्नीले गोल गरेपछि समूहको उप विजेताका रुपमा इटाली अन्तिम १६ मा पुगेको हो।

गएरातीनै भएको खेलमा स्पेनले अल्बानियालाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा दोश्रो चरण प्रवेश गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *