कोपा अमेरिका : बेलोभियामाथि अमेरिकाको सहज जित – Nepal Press

कोपा अमेरिका : बेलोभियामाथि अमेरिकाको सहज जित

हेटौंडा । कोपा अमेरिका-२०२४ मा अमेरिकाले बेलोभियालाई पराजित गरेको छ । सोमबार बिहान भएको खेलमा अमेरिका २-० गोलले विजयी भएको हो ।

समूह सीको खेलमा अमेरिकाले खेलको तेस्रो मिनेटमा नै अग्रता लिन सफल भयो । उसको लागि क्रीष्टियनले गोल गरे ।

खेलमा दोस्रो गोल ४४ मिनेटमा सम्भव भयो । ४४ औ मिनेटमा अमेरिकी फ्लोरिन बाल्गोनले गोल गर्दै टिमलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि अमेरिकाले केही राम्रो प्रयास गर्दा गोल गर्न सकेन र खेल २-० मा सकियो ।

कोपा सहित बेलोभियामाथि अमेरिकाको यो लगातार तेस्रो जित हो । जित सङ्गै समूहमा अमेरिका ३ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *