प्रदीप पौडेलको आरोप- गिरीबन्धुको फाइल खोल्दा गृहमन्त्री पद जान्छ भनेर रवि लामिछानेले खोलेनन् (भिडिओ) – Nepal Press

प्रदीप पौडेलको आरोप- गिरीबन्धुको फाइल खोल्दा गृहमन्त्री पद जान्छ भनेर रवि लामिछानेले खोलेनन् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री जोगाउन गिरिबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल नखोलेको आरोप लगाएका छन् ।

कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यो फाइल खोल्दा सरकार ढाल्ने डरले मौन बसेको बताए ।

उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्ने हो भनेर अरु विषयका छानबिन हुन बाँकी छ । तर, गिरीबन्धु टी-इस्टेटको त अदालतले फैसला गरिसकेको छ नि ! भ्रष्टाचारको फाइल खोल्छु भन्नेहरुलाई त्यो फाइल खोल्न के गाह्रो भयो ? अब त्यो फाइल खोल्ने होइन, त्यो खोल्यो भने त अहिलेको गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकारको समर्थन फिर्ता लिन्छ । त्यो भयो भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री जान्छ । भ्रष्टाचारको फाइल खोल्छु भनेको सत्तामा जान हो, सत्तामा गएपछि सत्ता नै ढल्नेगरी फाइल खोल्नेवाला छैन ।’

उनले गृहमन्त्रीको जिम्मेवारीमा बसेको व्यक्तिले सडकमा जस्तो पदको मर्यादा नराखी सदनमा अभिव्यक्ति दिएको बताए ।

सांसद पौडेलले अगाडि भने, ‘आज सरकारको उपप्रधानमन्त्रीले रोष्ट्रममा उभिएर विदेशीलाई सूचना बेच्ने मान्छे संसदमा छ भनिसकेपछि गृह मन्त्रालयले यो देशबाट कसले सूचना बेचेको छ भन्ने कुरा थाहा पाउनसक्छ, त्यसको नेतृत्वले भनिसकेपछि त्यो नभएको कुरा हुँदैन, भएको कुरा हुनुपर्छ । सडकको जस्तो जिम्मेवारी नभए जस्तो मनलाग्दी बोल्न सरकारमा बसेर मिल्दैन । त्यसरी बोल्ने प्रवृत्तिले पद र राजनीतिको मर्यादा रहँदैन ।


प्रतिक्रिया

One thought on “प्रदीप पौडेलको आरोप- गिरीबन्धुको फाइल खोल्दा गृहमन्त्री पद जान्छ भनेर रवि लामिछानेले खोलेनन् (भिडिओ)

  1. तस्कर र भ्रष्टाचारीहरूले भरिएको पार्टीका भरौटे नेताले ठूला कुरा नगरेकै बेश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर