फ्रान्स र नेदरल्यान्ड्स बराबरीमा रोकियो – Nepal Press

फ्रान्स र नेदरल्यान्ड्स बराबरीमा रोकियो

काठमाडौं। युरोकप फुटबल प्रतियोगिताका शनिबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्स र फ्रान्स गोलरहित बराबरीमा रोकिएका छन् ।

बराबरी नतिजासँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेपछि पोल्यान्ड भने उपाधि होडबाट बाहिरिएको छ ।

समूह ‘डी’ तालिकामा नेदरल्यान्ड्स चार अङ्कसहित पहिलो र फ्रान्स पनि समान अङ्क बटुल्दै दोस्रो स्थानमा छन् । ३ अङ्क रहेको अष्ट्रीया तेश्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *