स्लोभाकियामाथि युक्रेनको रोमान्चक जित – Nepal Press

स्लोभाकियामाथि युक्रेनको रोमान्चक जित

काठमाडौं । । युरो कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियामाथि रोमाञ्चक जित निकालेको छ ।
पछि परेको अवस्थालाइ उल्ट्याउदै युक्रेनले स्लोभाकियामाथि २–१ को जित निकालेको हो ।

समूह ‘ई’ अन्तरगतको खेलको १७औं मिनेटमा स्लोभाकियाले अग्रता लिएको थियो । उस्को लागिईभान श्रान्जले पहिलो गोल गरे । तर दोश्रो हाफमा स्लोभाकियाले दुई गोल खान पुग्यो ।

दोश्रो हाफको ५४औँ मिनेटमा युक्रेनका माइकोला सापारेन्कोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ८०औँ मिनेटमा युक्रेनका रोमन यारेमचुकले दोस्रो गोल गरेपछि अन्य कुनै गोल भएन र खेल युक्रेनले जित्यो ।

जितपछि समूह इ को सबै टिमको प्री क्वाटरफाइनलको ढोका खुल्ला रह्यो । चार वटा देश सम्मेलित समुहमा युक्रेन, स्लोभाकीया र रोमानियाको समान २ खेलबाट ३-३ अङ्क पुगेको छ । एक खेल मात्र खेलेको बेल्जियम भने अङ्क बिहिन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *