इटालीको उपहार गोलले स्पेन विजयी – Nepal Press

इटालीको उपहार गोलले स्पेन विजयी

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इटालीमाथि स्पेनले जित दर्ता गरेको छ ।

युरो कप अन्तरगत शुक्रबार बिहान भएको खेलमा स्पेनले इटालीलाई १–० गोलले पराजित गर्दै युरो कपको समूह चरणमा लगातार जित हासिल गरेको हो ।

निकै रोमान्चक र तनावपूर्ण खेलमा खेलको ५५ औं मिनेटमा इटालीले दिएको उपहार गोल नै स्पेनको जितको कारण बन्यो ।

तनावपूर्ण खेलमा स्पेनका ३ र इटालीका २ खेलाडीलाई पहेलो कार्ड दिइएको थियो । जित पछि समूह बि को पहोलो स्थानको स्पेनले दुई खेलबाट ६ अंक बटुलेको छ ।

समान खेलबाट इटाली ३ अंकसहित दोश्रो स्थामा छ । समान खेल खेलेका अल्बानिया र क्र्रोएसीया तेश्रो र चौथो स्थानमा छ्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *