रोहितको आग्रह- प्लिज गुल्सनलाई गाली नगरिदिनु होला, उसकै कारण हामीले धेरै एक्सपोजर पाएका हौँ – Nepal Press

रोहितको आग्रह- प्लिज गुल्सनलाई गाली नगरिदिनु होला, उसकै कारण हामीले धेरै एक्सपोजर पाएका हौँ

काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गुल्सन झाबारे नकारात्मक टीकाटिप्पणी नगर्न आग्रह गरेका छन्।

गुल्सनकै कारण नेपाली क्रिकेट आज यहाँसम्म आएको र नेपाली टोलीले धेरै एक्सपोजर पाएको रोहितको भनाई थियो।

विश्वकपमा सहभागी भएर फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा दक्षिण अफ्रिकाविरुद्ध नेपाली टोलीको हारको दोष थोपरिएका गुल्सनबारे बोल्दै रोहितले भने, ‘फ्यानभन्दा बढी गुल्सन दुखी थियो। फ्यानले उसकै अगाडि तिमीले गरेर हारेको भन्दिए। त्यो सुनेर नराम्रो लाग्यो। त्यसो नगरिदिनु होला, उसकै कारण हामीले धेरै एक्सपोजर पाएका हौँ।’

रोहितले अगाडि थपे, ‘यसो गर्यौँ भने पछि अभिभावकले उसलाई नपठाउनु होला। गुल्सनले आफ्नो बेस्ट दिएको हो।‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *