प्रसाद-२ का निर्माताले दाबी गरे निर्देशक थापा, एडिटर श्रेष्ठ र ओएसआरका अग्रवालसँग डेढ करोड क्षतिपूर्ति – Nepal Press

प्रसाद-२ का निर्माताले दाबी गरे निर्देशक थापा, एडिटर श्रेष्ठ र ओएसआरका अग्रवालसँग डेढ करोड क्षतिपूर्ति

काठमाडौं । चलचित्र प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले एक करोड ५० लाख रुपैयाँ बिगो भराउनुपर्ने माग गर्दै निर्देशक सुदर्शन थापा, एडिटर मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

थापा र श्रेष्ठले आफ्नो अनुमतीबिना प्रसाद–२ लाई ओएसआर डिजिटलमा अपलोड गरेको र विदेशमा प्रदर्शन गरेको दाबी निर्माता बस्नेतले गरेका थिए ।

उक्त फिल्म युट्युबमा प्रशारण गरी ६० लाख रुपैयाँ आम्दानी भएको र विदेशमा प्रदर्शनबापत ९० लाख रुपैयाँ कमाइएको दाबीसहित निर्माता बस्नेतले एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरेका हुन् ।

थापा, श्रेष्ठ र अग्रवालविरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको सजाय माग गरिएको छ । प्रहरीले थापा र अग्रवाललाई बयान लिएर हाजिरी जमानीमा छाडेको थियो भने श्रेष्ठ फरार रहेको अभियोग पत्रमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *