हलिउड अभिनेता डिक्याप्रियोले गरे नेपालको जैविक सांस्कृतिक संरक्षण क्षेत्रभित्र ड्याम निर्माणको विरोध – Nepal Press

हलिउड अभिनेता डिक्याप्रियोले गरे नेपालको जैविक सांस्कृतिक संरक्षण क्षेत्रभित्र ड्याम निर्माणको विरोध

काठमाडौं । चर्चित हलिउड अभिनेता एवं वातावरण तथा वन्यजन्तु संरक्षण अभियन्ता लिओनार्डो डिक्याप्रियो नेपालको लुङ्बा साम्बा जैविक सांस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्रभित्र हाइड्रोपावर ड्याम निर्माण गरिन लागेको भन्दै असन्तुष्टि जनाएका छन् ।

लिओले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ड्याम निर्माण कार्यको विरोध जनाएका हुन् । उक्त ड्याम निर्माण कार्यले पृथ्वीकै सबैभन्दा पुरानो ठाउँमध्येको एक र हिम चितुवा र लोपोन्मुख रेड पाण्डाहरूको वासस्थान संकटमा परेको उनको भनाइ छ ।

नेपालका अति सीमान्तकृत आदिवासी जनजातिहरू ल्होमी सिङ्सा र भोटेका लागि धार्मिक महत्व बोकेका नदी छुजुङ, छुन्जाम र बखाङ नदीमा ड्याम बन्न लागेको र यस कार्यलाई रोक्नका निमित्त स्थानियवबासीहरु सर्वोच्च अदालतसम्म पुगिसकेको पनि उनले लेखेका छन् ।

ड्याम निर्माण कार्यले लुङ्बा साम्बा जैविक सांस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्र ऐनको स्पष्ट उल्लङ्घन गर्ने लिओको दाबी रहेको छ । लिओले सो क्षेत्रको अभिभावकत्व ल्होमी सिङ्सा र भोटे जातीमै रहनुपर्ने बताउँदै ड्याम निर्माण कार्य रोक्नको लागि सुरु गरिएको डिजिटल ऐक्यबद्दता कार्यक्रमको वेब लिङ्क समेत साझा गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर