पेटको बच्चालाई सास दिएर कसरी बाँचेको छु, मलाई मात्र थाहा छः मधु क्षेत्री – Nepal Press

पेटको बच्चालाई सास दिएर कसरी बाँचेको छु, मलाई मात्र थाहा छः मधु क्षेत्री

काठमाडौं । सामाजिक सञ्जालबाट आफ्नो समस्याग्रस्त वैवाहिक सम्बन्धबारे खुलासा गरेपछि गायिका मधु क्षेत्री चर्चामा छिन् । धेरैले उनीप्रति सहानुभूति दर्शाइरहेका छन् भने कतिपयले दुवैजनाको कुरा नआइकन निष्कर्षमा पुग्न नहुने धारणा राखेका छन् ।

यसैबीच मधुले आज फेरि एक स्टाटस लेख्दै आफू निकै पीडादायी अवस्थाबाट गुज्रिरहेको बताएकी छन् । अहिले आफु गलेको र कसैसँग कुरा गर्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

उनले लेखेकी छिन्, ‘कृपया, यो बेला म गलेको छु । मेरो शरीर र मानसिक गलाइलाई लिएर, पेटमा भएको बच्चालाई सास दिएर, कसरी बाँचेकी छु, यो मलाई मात्र थाहा छ । थाहा छैन, कत्ति बेला के हुने हो मेरो जीवनमा ? र कहाँसम्म सास लिन सक्छु । म कसैसँग बोल्न सक्ने अवस्थामा छैन ।’

गर्भावस्थामा समेत श्रीमानले कुटपिट गरेको र ससुराले आफु र छोरी दुवैलाई दुर्व्यवहार गरेको आरोप मधुले लगाएकी थिइन् । पहिलो श्रीमानसँग डिभोर्सपछि दोस्रो विवाह गरेकी उनी अहिले फेरि सम्बन्ध तोड्ने संघारमा पुगेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *