महेश र अस्मिताबीच दुबईमा इन्गेजमेन्ट – Nepal Press

महेश र अस्मिताबीच दुबईमा इन्गेजमेन्ट

काठमाडौं । गायक महेश काफले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् ।

केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् ।

महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरुले आफूहरु प्रेम सम्बन्धनमा रहेकाे स्वीकार  गरेका थिएनन् ।

अस्मिताले यसै वर्षको अन्त्यसम्ममा विवाह बन्धनमा बाँधिने बताइन् ।

झण्डै ३ बर्षको आफूहरूको सम्बन्धलाई पारिवारिक सल्लाहअनुसार विवाहमा बाँधिएर आफूहरुको सांगीतिक यात्रा समेत सगै गर्ने गायक महेश काफ्लेले बताए । इंगेन्जमेनट पछि उनीहरू बिहीबार नेपाल फर्किदै छन् ।

उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *