आफ्नै निधारमा गोली हानेका संसद भवनका प्रहरी जवानको घटनास्थलमै मृत्यु – Nepal Press

आफ्नै निधारमा गोली हानेका संसद भवनका प्रहरी जवानको घटनास्थलमै मृत्यु

काठमाडौं । आफैँलाई गोली हानेका संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको छ ।

बिहान ६ बजेदेखि ड्यूटीमा बसेका अजितले शौचालय छिरेर गोली हानेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेको र घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

२२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर