संसद भवनमा प्रहरीका कमान्डाेले आफैँलाई हाने गोली – Nepal Press

संसद भवनमा प्रहरीका कमान्डाेले आफैँलाई हाने गोली

काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र  सुरक्षाका लागि खटिएका नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन् ।

उनले शाैचालयमा गोली हानेको  स्राेतले बताएकाे छ ।  २२ वर्षीय  प्रहरी जवान अजित गाेलेले दुई नम्बर गेटकाे शाैचालयमा आफूमाथि गोली हानेको हाे ।

नेपाल प्रहरीकाे  हेडक्वाटरबाट  खटाइएकाे स्पेशल  टाक्स फाेर्समा  कार्यरत उनी  २०७८ मा  भर्ना भएका थिए ।  उनी बिहान ड्युटी गरिरहेका थिए । साेही क्रममा उनले  शाैचालयमा गएर आफूले बाेकेकाे पेस्ताेल आफूमाथि प्रहार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर