जर्जिया टर्कीसँग पराजित – Nepal Press

जर्जिया टर्कीसँग पराजित

काठमाडौं । युरो कपमा पहिलो पटक सहभागिता जनाएको जर्जिया टर्कीसँग पराजित भएको छ । आफ्नो डेब्यु खेलमा जर्जियालाई टर्कीविरुद्ध ३-१ ले पराजित भएको हो ।

मंगलबार राती भएको खेलको २५ औ मिनेटमा टर्कीको लागि मर्टले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा जर्जियाका मिकाउताड्जेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ १-१ को बराबरी खेलेको टर्कीले दोश्रो हाफको ६५औं मिनेटमा टर्की आर्दा गुलेरको गोल मार्फत आफ्नो अग्रतालाई २-१ को अवस्थामा लैजान सफल भए ।

टर्कीको लागि खेलको अन्तिम समयमा केरेम आक्तुरकोग्लुले गोल गर्दै छिमेकी देशविरुद्ध जित दर्ता गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *