पोर्चुगलको विजयी सुरुवात – Nepal Press

पोर्चुगलको विजयी सुरुवात

काठमाडौं । सुरुवाती अग्रतालाई कायम गर्न नसक्नु, खेलमा पोर्चुगललाई आत्मघाती गोल उपहार दिनु र खेलको अन्तिम इन्ज्युरी टाइममा सम्हालिन नसक्नु, चेक रिपब्लिकको लागि युरो २०२४ को पहिलो खेलमा पोर्चुगल २-१ ले पराजित हुनको लागि यी तीन कारण बने ।

चेक गणतन्त्रको लागि निकै संघर्षपुर्ण खेलको ६५ औं मिनेटमा लुकास प्रोभोडले पहिलो अग्रता दिलाए । तर खेलको ६९ औं मिनेटमा रोनाल्डोको टिमले आत्मघाती गोल उपहार पायो । र खेलमा बराबरीको अवसर प्राप्त गर्न सफल बन्यो ।

खेल बराबरीतर्फ धकेलिएको अवस्थामा खेलको इन्ज्युरी समयमा बेन्चबाट बाहिर निस्केको केही क्षणमै कन्सेकाओले गोल गरेपछि पोर्चुगलको जित निश्चित भयो ।

खेलमा पोर्चुगलका कप्तान रोनान्डोले छ पटक युरोकप खेल्ने खेलाडीको रुपमा कीर्तिमान पनि बनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *