युरो कप: बेल्जियमको अप्रत्याशित हार – Nepal Press

युरो कप: बेल्जियमको अप्रत्याशित हार

काठमाडौं । युरो कप-२०२४ अन्तगत समुह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमले अप्रत्याशित हार बेहोरेको छ ।

युरो कपको दाबेदार मानिएको बेल्जियम आफ्नो पहिलो खेलमा स्लोभाकियासँग हार बेहोरेको हो । सोमबार राति भएको खेलमा टोली स्लोभाकियासँग ०–१ गोलले पराजित हुन पुग्यो ।

खेलको सातौं मिनेटमा इभान सरान्जले गरेको एक मात्र गोल निर्णायक बन्यो । बेल्जियमले खेलमा फर्कने थुप्रै प्रयास गरे पनि सफल हुन सकेन । रोमेलु लुकाकुले दुई पटक गोल गरे पनि त्यसलाई अफसाइड भन्दै भीएआरले रद्द गरेको थियो ।

जितपछि ३ अङ्क बटुलेको स्लोभाकिया समूह ई को दोस्रो स्थानमा रहेको छ । गोलअन्तरको आधारमा रोमानिया समूहको शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *