गोदावरी भ्रष्टाचार प्रकरणमा तानिएपछि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारती निलम्बनमा – Nepal Press

गोदावरी भ्रष्टाचार प्रकरणमा तानिएपछि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारती निलम्बनमा

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा भएको भ्रष्टाचार प्रकरणको अनुसन्धानमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती तानिएपछि निलम्बनमा परेका छन् ।

डेढ महिना अघि मात्रै भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा गएका भारती नगरपालिकामा २६ करोड हिनामिना प्रकरणको अनुसन्धानमा ताएिपछि निलम्बनमा परेका हुन् । यद्यपी उनी विरुद्ध विशेष अदालतमा भने मुद्दा दर्ता भएको छैन ।

डेढ महिना अघि मात्रै गत वैशाख १४ गते ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका वीरेन्द्रदेव भारती भरतपुर महानगरपालिकामा सरुवा भएर गएका थिए । निलम्बनमा परेसँगै केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको छ ।

भारती उपसचिव पदमा कार्यरत रहदाँ गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारीमा थिए । त्यतिबेला बदमासीमा उनको पनि सम्लग्नता देखिएपछि निलम्बनमा परेका हुन् ।

भारती निलम्बनमा परेसँगै कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

क्रसर, खानी तथा नदीजन्य पदार्थमा सरकारी दररेट भन्दा कम मात्र कर जम्मा गरी २६ करोड ६३ लाख ३७ हजार ३९८ रकम बराबर हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २१ गते ललितपुरको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला सहित ६ जना विरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 


प्रतिक्रिया

One thought on “गोदावरी भ्रष्टाचार प्रकरणमा तानिएपछि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारती निलम्बनमा

  1. भ्रष्टाचार नगरी वाचन नसक्ने नै हुने रहछन कर्मचारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर