स्कटल्याण्डमाथि जर्मनीको सानदार जित – Nepal Press

स्कटल्याण्डमाथि जर्मनीको सानदार जित

काठमाडौं । मिनि विश्वकप मनिने युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो-२०२४ को उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्याण्डलाई ५-१ गोलअन्तरले पराजित गरेको छ ।

फ्लोरियन विर्ट्जले खेलको १० औ मिनेटमा गोल गर्दै जर्मनीले आत्मविश्वासका साथ सुरुवात गर्न प्रेरित गरेको थियो ।

त्यसपछि प्रभावशाली जमाल मुसियालाले खेलको १९ औं मिनेटमा जर्मनीको अग्रता दोब्बर पारे। खेलको ४४ औं मिनेटमा पारेपछि स्कटल्याण्डका रायन पोर्टियसले पेनाल्टी बक्समा इल्के गुन्डोगनलाई फाउल गरेपछी रेडकार्ड खादै बाहिरिए ।

र जर्मनको लागि प्राप्त पेनाल्टीमा काई हाभर्ट्जले गोल गरे।

दोस्रो हाफमा चौथो गोलमा वैकल्पिक खेलाडी निक्लास फुलक्रगले गोल गर्दै टिमलाई थप मजबुत अवस्थामा लगे । स्कटल्याण्डले एन्टोनियो रुडिगरको आत्मघाती गोल मार्फत एक गोल उपहार पायो ।

त्यसपछि जर्मनका एमरे क्यानले खेलको अन्तिम मिनेटमा गोल गर्दै जर्मनलाई ५-१ को जित दिलाए ।

समूह ए मा रहेका अन्य दुई टोली हंगेरी र स्वीट्जरल्याण्डले शनिबार प्रतियोगिताको दोस्रो खेलमा भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *