कारसँग ठाेक्किएर रात्री बस त्रिशुली किनारमा खस्यो – Nepal Press

कारसँग ठाेक्किएर रात्री बस त्रिशुली किनारमा खस्यो

चितवन । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठक्कर खाँदा त्रिशुली किनारामा बस खसेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजे काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्री बस ठक्कर खाएको थियो । बसमा ३५ जना र कारमा ५ जना यात्रु रहेका जनाइएको छ ।

दुर्घटनामा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको जनाइएको छ ।

यद्यपि, बाँकी विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर