अमेरिकाका दुस्मनहरुलाई आणविक बाहेक सबै हतियार दिनुपर्छः रुसी पूर्वराष्ट्रपति मेदभेदेव – Nepal Press

अमेरिकाका दुस्मनहरुलाई आणविक बाहेक सबै हतियार दिनुपर्छः रुसी पूर्वराष्ट्रपति मेदभेदेव

काठमाडौँ । रुसी पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले रुसले अमेरिकाका दुस्मनहरुलाई आणविक बाहेकका सबै हतियार दिनुपर्ने बताएका छन् ।

अमेरिकाले थपेको नयाँ नकाबन्दीको बारेमा प्रतिकृया दिँदै मेदभेदेवले सामाजिक संजालमा लेखेका छन्, ‘उनीहरु हामीले पश्चिमा विश्वका दुस्मनहरुलाई हतियार दिन लागेकोले डराएका हुन ? हाललाई हामीले आणविक बाहेकका सबैखाले हतियार दिनुपर्छ ।’ उनले थपेका छन्, ‘के उनीहरु अराजकता र अपराधहरु बारेमा डराएका छनरु हामीहरुले उनीहरुको नगर प्रशासनलाई उथलपुथल पार्न सहयोग गर्नुपर्छ ।’

रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति पुटिन अध्यक्ष भएको रुसको राष्ट्रिय सुरक्षा परिषदका उपाध्यक्ष समेत रहेका मेदभेदेवले पश्चिमले रुससँग युद्धको नियम समेत पालना नगरेर युद्ध घोषणा गरेको बताएका छन् ।

उनले पश्चिमा देशका संवेदनशिल पुर्वाधार क्षेत्र ध्वस्त गर्ने कुराले पश्चिमा देशका नागरिकहरुमा आतंक सिर्जना गर्नुपर्ने पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर