लुम्बिनीमा कांंग्रेस र एमाले निकट जनस्वास्थ्यकर्मीको संयुक्त प्यानल – Nepal Press

लुम्बिनीमा कांंग्रेस र एमाले निकट जनस्वास्थ्यकर्मीको संयुक्त प्यानल

रुपन्देही । लुम्बिनीमा कांंग्रेस र एमाले निकट जनस्वास्थ्यकर्मीले संयुक्त प्यानल बनाएर निर्वाचनमा गएका छन् । नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वतमान अध्यक्ष रहेका हेमराज पाण्डे र सरोज रिमालको उम्मेदबारी परेको निर्वाचन समिति संयोजक धर्मराज भट्टराईले जानकारी दिए ।
जनस्वाथ्य विषयमा पब्लिक हेल्थ अध्ययन पूरा गरेका स्वास्थ्यकर्मीहरुको साझा संगठनको रुपमा रहेको नेपाल जनस्वाथ्य संघको लागि केन्द्रीय समिति भने सर्वसम्मत भइसकेको छ ।

प्रदेशको उपाध्यक्ष पदमा अर्जुन पोखरेलको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका छन् भने सचिव पदको लागि नरेशबाबु श्रेष्ठ र माधव खनालको उम्मेदबारी परेको छ ।

कोषाध्यक्ष पदमा किरण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सहसचिव पदमा पनि मेघनाथ न्यौपाने निर्विरोध चयन भएका छन् ।
दुई जना समावेशी सदस्यको लागि विक्रम काली राज विक र दृष्टि शाह निर्विरोध निर्वाचित भएका हुन । यस्तै ४ सदस्य सदस्य पदको लागि ६ जनाको उम्मेदबारी परेको निर्वाचन समिति संयोजक भट्टराईको भनाइ छ । सदस्य पदको लागि मनोज नेपाली, आईतबारी चौधरी, पशुपती आचार्य, पोषण राज शर्मा, माधव राउत र राजु केसीको उम्मेदबारी परेको हो ।

यो भन्दा पहिला दुई पटक अध्यक्ष भएर काम गरेका प्यूठान जिल्लाको स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले यो पटक पनि आफूले उम्मेदबारी दिएको बताए । उनले नेफा लुम्बिनी स्थानीय तहका जनस्वास्थ्यकर्मीहरुका सवालहरूलाई प्रदेश कानुनहरूमार्फत सम्बोधन गर्न पैरवी गर्नुपर्ने योजनासहित आफूले उम्मेदवारी दिएको बताए ।

यता अध्यक्षमा उम्मेदबारी दिएका सरोज रिमालले आफ्नो उम्मेदवारी जनस्वास्थ्यका समस्याहरु समाधान गर्नको लागि भएको बताए। उनी भन्छन्– ‘स्थानीय तह, प्रदेश तथा गैरसरकारी संस्थाहरुको आवाज बोकेर हिंड्ने अठोट गरी मैले उम्मेदवारी दिएको छु।जनस्वास्थ्यकर्मीहरुको हक अधिकार स्थापित गर्ने हो ।फेरि पनि आह्वान गर्दछु, हाम्रो मुद्दामा अरुको चासो हुँदैन, त्यस कारण मैले उम्मेदवारी दिएको हुँ ।’

लुम्बिनी प्रदेशमा जनस्वास्थ्य संघमा ३ सय २ जना सदस्य रहेका छन् । असार १ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनको लागि बुटवलमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङमा रहेको स्वाथ्य निर्देशनालयमा मतदानस्थल तोकिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा नेपाली कांंग्रेस र एमाले निकट जनस्वास्थ्यकर्मीको संयुक्त प्यानल बनेको छ।

११ जनाको कार्यसमितिमा २ जना नेपाली कांग्रेस निकट जनस्वास्थ्यकर्मी संघका उपाध्यक्ष र कोषाध्यक्ष निर्बिरोध भएका छन् भने अन्य पदमा चुनाव हुने भएको अध्यक्षका उम्मेदवार सरोज रिमालले बताए ।

उनले भने –‘हामी सबै मिलेर जाऔँ भनेको हो तर मिलेन हामी दुई संगठनका मिलेर चुनावमा आएका छौं । माओवादी निकट जनस्वास्थ्य संघ एक्लै चुनावमा उत्रेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर