अत्याधिक गर्मीको कारण हेटौंडाका विद्यालय बन्द – Nepal Press

अत्याधिक गर्मीको कारण हेटौंडाका विद्यालय बन्द

हेटौंडा । पछिल्लो केही दिनबाट बढेको गर्मीपछि हेटौंडाका विद्यालय दुई दिन बन्द हुने भएको छ ।

गर्मीको कारण विद्यार्थीहरुमा स्वास्थ समस्या देखिन लागेपछि हेटौंडा उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते उपमहानगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले सूचना प्रकाशन गर्दै जेठ ३१ र ३२ गते उपमहानगर क्षेत्रका सम्पुर्ण विद्यालय बन्द हुने जानकारी दिएको हो ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा पछिल्लो केहिदिनबाट ३५ डिग्री भन्दा धेरै तापक्रम भएपछी अविभावकहरुले विद्यालय बन्द गर्नुपर्ने आवाज उठाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर