सिंहदरबारको क्यान्टिनबाट महानगरको टोलीले गर्‍यो बाल श्रमिकहरूको उद्धार – Nepal Press

सिंहदरबारको क्यान्टिनबाट महानगरको टोलीले गर्‍यो बाल श्रमिकहरूको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट ४ जना  बाल श्रमिकहरुको उद्धार गरेको छ ।

विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर महानगरले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा रहेका तीन बाल श्रमिकको उद्धार गरेको हो । उनीहरुलाई महानगरको बाल उद्धार टोलीले सिंहदरबारभित्र केन्द्रीय सर्भिस सेन्टरकाे भवनभित्र रहेकाे केन्द्रीय चमेना गृहबाट उद्धार गरेको हो ।

यस्तै  ऊर्जा मन्त्रालयकाे क्यान्टिनबाट पनि एक बालश्रमिककाे उद्धार गरेकाे  छ ।

यसअघिकाठमाडौं महानगरको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा  राखेका थिए ।

उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेकारसंरक्षणको आवश्यकता भएका) का बालबालिकाहरुले आफू जोखिममा रहेको खवर गरेपछि उद्धार गरिएको थियो । महानगरकाे उद्धार टाेली सिंहदरबारभित्र रहेकाे  अन्य मन्त्रालयकाे  चमेना गृहमा जाँदैछ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर