शेखर कोइरालालाई बुद्धिजीवीहरुको सुझावः शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने अभियान चलाऔं – Nepal Press

शेखर कोइरालालाई बुद्धिजीवीहरुको सुझावः शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने अभियान चलाऔं

रूपन्देही । शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार हो तर यसका लागि नागरिकले धेरै दुःख र कष्ट व्यहोर्नु परेको छ ।

प्रजातन्त्रवादी चिकित्सक संघले बुटवलमा आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई बुद्धिजीवीहरुले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने एजेण्डा बोक्ने अभियान चलाउन सुझाव दिएका छन् ।

कार्यक्रममा सहभागी प्राध्यापक, डाक्टर, वकिल, पत्रकार, इञ्जिनियर, उद्योगी–व्यवसायीहरुले यस्तो सुझाव राखेका हुन् ।

उनीहरूले वैदेशिक रोजगारी मात्रै नभएर शिक्षाको नाममा पलायन भइरहेको युवा जनशक्तिलाई रोक्न र त्यो युवा शक्तिलाई देश निर्माणमा प्रयोग गर्न अब ढिलाइ गर्न नहुने बताएका थिए ।

त्यस्तै उनीहरुले रोजगारी सिर्जनाको लागि उद्यमशीलता विकास गर्ने वातावरण बनाउनुपर्ने र त्यसले पलायन भइरहेको युवालाई रोक्न सकिने भएकोले त्यो अभियानमा अगाडि बढ्न सुझाए । आयात निर्यात प्रणालीमा सुधार गर्नुपर्ने बताउँदै उनीहरूले अहिलेको आयात निर्यात प्रणाली असमान प्रकृतिको रहेकोले सुधारको लागि वैज्ञानिक प्रणाली अवलम्बन गरिनुपर्ने सुझाव राखेका छन् ।

देशको राजनीतिलाई सुधार गर्नको लागि समानुपातिक प्रणाली हटाउनु पर्ने र प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै समावेशी बनाउनु पर्ने र निर्वाचन प्रणालीलाई पनि सुधार गर्न आवश्यक रहेको सुझाव दिएका छन् । सहभागीको सबै सुझाव सुनेका कोइरालाले पार्टीमा यश विषयमा छलफल गर्ने जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर