बीपी प्रतिष्ठानको नवनिर्मित भवन छेउमा युवतीको शव फेला

२०८० चैत ७ गते १९:२४

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नव निर्मित भवन छेउमा एक युवतीको शव फेला परेको छ । प्रतिष्ठान परिसरमा युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
महिलाको घाँटीमा चोट लागेको छ । मृतक अन्दाजी १८–१९ वर्षीय युवती रहेको धरान प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । मृतकको अझैसम्म पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर